स्विट्जरल्यान्डकाे पहिलो जितमा शाकिरीको दुई गोल

०७ असार, काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जेर्दन शाकिरीले दुई गोल तथा ह्यारिस सेफेरोभिकले एक गोल गरे । टर्कीका लागि खेलको ६२ औँ मिनेटमा इरफान काभेसीले एक गोल गरे ।

जितपछि स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ । तर, त्यसका लागि अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने हुन्छ । समूह ‘ए’ मा अङ्कविहीन बनेको टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment