क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा राम्रो सुधार

०५ असार, एजेन्सी । क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ राख्नका लागि भएको सफल शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

२९ वर्षका डेनमार्कका मिडफिल्डर एरिक्सन गएको शनिबार राति युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको पहिलो खेलको क्रममा मैदानमै लडेका थिए । उनलाई पहिलो हाफको अन्त्यतिर कार्डिक अरेस्ट भएको थियो ।

एरिक्सनले शुक्रबार टिमका साथी खेलाडीहरुसँग भेट गरेका थिए । त्यसपछि मात्रै उनी घर गएका हुन् ।

एरिक्सनले वक्तव्य जारी गरेर आफ्नो स्वास्थ्यका लागि विश्वव्यापी रुपमा गरिएको प्रार्थनाका लागि आभार व्यक्त गरेका छन् ।

‘अवस्था अनुसार मैले राम्रो गरिरहेको छु र शल्यक्रिया राम्रो भयो’, एरिक्सनले भनेका छन् ।

रुससँग सोमबार राति हुने खेलमा आफूले टिमका साथीहरुको हौसला बढाउने उनले उल्लेख गरेका छन् ।

उनको मुटुको चालमा अस्थिरता देखिएका कारण आइसिडी (इम्प्लान्टेबल कार्डिओभेर्टर डेफिब्रिलेटर) राखिएको छ । छालामुनि राखिएको सानो आकारको आइसिडीलाई निकै मसिनो तार मार्फत मुटुमा जोडिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment