युरोकपमा आज ग्रुप अफ डेथ समूह ‘एफ’ को दुई खेल र ग्रूप ई को स्पेनले पोल्याण्डविच खेल्दै

०५ असार, एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता आज शनिबार समूह ई को एक खेल र समूह एफको २ खेल हुदैछ । आज उपाधिको दाबेदार टोली तथा साविको विजेता पोर्चुगलले बलियो टोली जर्मनीको सामना गर्दा , साविको उपविजेता फ्रान्सले हंगेरी तथा स्पेनले पोल्याण्डसँग प्रतिस्प्रधा गर्न छ ।

नेपाली समयअनुसार ६ः४५ बजेबाट सुरु हुने पहिलो खेलमा फ्रान्स र हंगेरी प्रतिस्प्रधामा रहेका छन् । यो खेल हंगेरीको घरेलु मैदान फेरेन्क पुस्कास स्टेडियममा हुनेछ ।

आजको खेलमा घरेलु टोली हंगेरी पहिलो जितको खोजिमा हुनेछ भने पाहुना टोली फ्रान्स दोस्रोे जितको खोजीमा हुनेछ ।

त्यस्तै दोस्रो खेल पोर्चुगल र जर्मनीबीच हुने छ । उक्त खेल आज राती ९ः४५ बजेबाट सुरु हुनेछ । यो खेल जर्मनीको घरेलु मैदान अलियन जेरीनामा हुनेछ । आजको खेलमा घरेलु टोली पहिजो जितको खोजिमा हुनेछ । भने पाहुना टोली पोर्चुगल दोस्रो जितको खोजिमा रहेको छ ।

यस अघिको आफ्नो पहिलो खेलमा पोर्चुगलले हंगेरीमाथि ३-० गोलको जित निकालेको थियो । यता जर्मनी भने पहिलो खेलमा फ्रान्स सँग १-० गोलले स्तब्ध भएको थियो । यो समूहमा पोर्चुगल ३ अंक सँगै शीर्ष स्थान तथा समान अंक भएको फ्रान्स दोस्रो तथा जर्मनी र हंगेरी अंकविहिन हुदै तेस्रो र चौथो स्थानमा रहेका छन् ।

स्पेनले पोल्याण्डको सामना गर्दै

यस्ता आज हुने अन्तिम खेलमा बलियो टोली स्पेनले पोल्याण्डको सामना गर्नछ । नेपाली समयअनुस आज राति १२ः४५ बजेबाट स्पेनको घरेलु मैदान एस्टाडियो डी ला कार्टुजामा सुरु हुनेछ । त्यस्तै आजको खेलमा घरेलु टोली स्पेन पहिलो जितको खोजिमा हुनेछ ।

यता पाहुना टोली पोल्याण्ड पहिलो जिको खोजिमा हुनेछ । यस अघि पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो , भने पोल्याण्ड पहिलो खेलमा स्लोभाकिया सँग २-१ गोलले पराजित भएको थियो ।

यो समूह ई मा स्विडेन ४ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ , भने स्लोभाकिया ३ अंक सँगै दोस्रो स्थान तथा स्पेन एक अंक बनाउँदै तेस्रो तथा अंकविहिन पोल्याण्ड पुछारमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment