युरोकप फुटबलमा इंङ्ग्ल्यान्ड र स्कटल्याण्डको खेल बराबरीमा

०५ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंङ्ग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।

वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंङ्ग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंङ्ग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment