युरोकपमा आज तिन खेल हुदै

०४ असार,एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment