“विन मागे मोति मिले, मागे मिले ना भिख” – कथा ३

विन मागे मोति मिले, मागे मिले ना भिख ॥

शीर्षकमा पाँच (५) वटा कथा छन्
०३ असार, काठमाडौं । 

देशमा सुखशान्ति थियो । अचानक महाराजलाई रमाइलो गर्न मन लाग्यो । एका बिहानै मुख्य सचिव, श्री अनन्तप्रसादलाई उर्दी भयो- राष्ट्रियसभा बैठक राख । सभासद उपस्थित भए । समयमा नै सभा बस्यो । सभामा महाराजबाट के सम्बोधन हुन्छ, सबै उत्सुक थिए । सम्बोधनको क्रममा आफू दिनानुदिन बृद्ध र कमजोर बन्दै गएको उद्गार व्यक्त गरे । राजाले कति ठट्यौली पनि गरे । अन्त्यमा उनलाई सुझेको एउटा झड्का समाधान गर्नका लागि सार्वजनिक घोषणा गरे । त्यो समस्या सात दिनभित्र समाधान गरिदिने जो कोहीले आजीवन राजगुरु हुने सौभाग्य पाउनेछ । सक्छु भनेर अन्त्यमा पास गरेमा सर्वस्व हरण सहित आजीवन घोर काराबास हुने घोषणा भयो ।

महाराजको मनमा लागेको झड्का:-

१) भगवान छन् कि छैनन्?
२) भगवान छन् भने कसरी भेट्न सकिन्छ?
३) भगवानलाई कहाँ भेटिन्छ?
४) भगवान के के गर्नुहन्छ?

सर्वप्रथम उनले प्रधानसेनापतिलाई ती प्रश्नको जवाफ दिनका लागि सङ्केत गरे । अहोरात्र देशसुरक्षामा खटिनु पर्दा भगवानको विषयमा गहिरोसँग अध्ययन नगरेको भनेर उनले जवाफ दिन नसक्ने बताएर पञ्छिए ।

मुख्यसचिवले जवाफ दिने पालो भयो । महाराजले सङ्केत दिन नपाउँदै जवाफ दिन तयार भए । ल के हो त भनेर राजाले जवाफ खोजेपछि सचिवको सातो उड्यो । सम्हालिएर सचिवले म्याद मागे । माँग बमोजिम म्याद दिएपश्चात् सभा स्थगित भयो ।

घर पुगेर सचिव जवाफको खोजिमा लागे । अठार पुराण, उपपुराण, उपनिषद र चारै वेदका भावार्थ सहितका पुस्तक केलाए। अहोरात्र खटिँदा छ दिन बित्यो तर जवाफ भेटिएन । उनलाई हतारमा लिएको निर्णय घातक हुने कुरा उनले चाल पाए । अनन्त सरको होस हवास हरायो, चेत ठेगानामा थिएन । सहयोगी तेजबहादुरले विगत छ दिन अघिदेखि हाकिमको वेचैनी नियालीरहेका थिए । सर, म केही मद्दत गर्न सक्छु कि ? नम्र भावमा गरिएकोअनुरोधलाई अनन्तले सुनेनन् । उनको ज्ञानेन्द्रीय र शारीरिक कृयाकलाप शून्यप्रायः देखिनुको साथै बोली, चालढाल र हेराई सबै अप्राकृतिक बन्दै गैरहेकोे थियो । पहिले त तेजबहादुरले उनको अप्ठेरोको हाल बुझ्ने अवसर पाएका थिएनन् । तर, त्यस पटक भने हाकिमको नुन खाएका तेजबहादुरले अनदेखा गरि बस्न पनि सकेनन् । हाकिमको अवस्था बिग्रँदै गएकोले स्थिर रहन उनको विवेकले दिएन । त्यही विवेकको भरमा हाकिमलाई बचाउने एउटा सुनौलो अवसर थियो । सम्मानपूर्वक सम्हालिन अनुरोध सहित अनुनय वीनय गरे । त्यस्तो के प-यो र हिजोको सानदार हाकिम आज पीडित छन् । हाकिमलाई सकेको सहयोग गर्ने बताए ।

घना जङ्गल झिनो एक सलाईको काटीले मौका पाए क्षणमा सखाप पार्न सक्छ। त्यो सहयोगी कर्मचारी मानले म मुख्य सचिवबाट अवमूल्यन गर्नु लघुताभाष हुन जान्छ । विद्वानले पदीय मानको जोसमा मानवीय मान र व्यवहारिक ज्ञानलाई उजागर हुने अवसरमा रोक लगाउनु भनेको अर्को घात गर्नु हो, विष पाल्नु हो । घात र विषलाई अवसरको मल्हमले सञ्चो पार्नु नै बुद्धिमानी हो ।

  • मरो पीडा मैले आफैले निम्त्याएँ । मलाई कठीन भयो ।
  • तपाईको पीडा के हो ? मलाई बताउनुहोस् ।
  • महाराजका चार सवालको जवाफ दिने अन्तिम म्याद आज सकिंदैछ तर म बरबाद हुने पक्का भयो ।
    अनन्तले राजाको चारै प्रश्नको पेटारो फुकाए ।
  • त्यति सरल समस्याका लागि चिन्ता लिनु पर्दैन ।
  • मेरो सर्वस्व जाने पक्का भयो । तँ फुटानी हाँक्छस् । कसरी सक्छस् ?
  • तपाईं कार्यालय जानु भएपछिको मेरो काम धर्मशास्त्र र सत्संघ त हो ! तपाईले सभामा भन्नु कि यति सरल जवाफ त मेरो घरको सहायकलाई पनि आउँछ ।
  • कसैले नसकेको जवाफ तैले दिने?
  • मलाई सभामा लग्नुस् र उक्त कार्यको जिम्मा दिनुहोस् । म जवाफ दिएर सरकारलाई सन्तुष्ट पारुँला । जवाफ मिलेन र रेटिनु परे पनि पहिला म रेटिउँला । तपाईले कुनै फिकृ लिनु पर्दैन ।

भोलीपल्ट सातौं दिनमा सभा बस्यो । सबै सभासदहरू पङ्क्तिवद्ध भएर आ-आफ्नो सिटमा बस्नुभयो । तदन्तरम् महाराजको जसरी हर्षका साथ उत्साहित मुद्रामा उपस्थिति भयो उसरी नै मुख्य सचिवको हृदयचाप बढ्न शुरु भयो । राजाको सभामा अासन ग्रहण पश्चात् सामान्य प्रकृयाबाट सभा सञ्चालन भयो । सभालाई अगाडि बढाउँदै विशेषतः राजालाई खड्किएका चार प्रश्नको जवाफका लागि मुख्यसचिव श्री अनन्तप्रसादलाई आग्रह भयो । अनन्तले सभालाई सम्मानपूर्वक अभिव्यक्ति दिए । अन्त्यमा जवाफ दिन गरिएको अठोट स्मरण गराए । ती चार सवालको जवाफ यति सरल छन् कि उनको घरको सहायकलाई सोध्ने हो भने पनि खरर जवाफ दिन्छ । यति धेरै माथा पच्चीस गर्नै पर्थेन । भन त तेजबहादुर, भनेर आफ्नो घरेलु कामदार तेजबहादुरलाई सङ्केत गरे । सभामा सबै दङ र हैरान भए । राजाले गरेका वाचा र कवोल अनि शर्तनामा कडा थिए । राजालाई जवाफ चाहिएको हो ।

अन्ततः राजाबाट स्वीकृत भयो । तेजबहादुर मुख्यसचिव नजिकै उभियो उसले उभिएका ठाउँमा नै एक गिलास दूध मगायो । सभाका परिचारकले एक गिलास दूध तत्कालै ल्याइदिए । उसले त्यस दूधको गिलासमा अौंला डुबाएर घरि दायाँ र बायाँ घुमाउँन थाले । शान्त सभासदमा तरंग छुट्यो । महाराजले सोधे, के गरेको?

प्रभु! दूधमा घिउ छ भन्ने सुनेको छु, घिउ खोज्दै छु ।
दूधमा भएको घिउ पाउन प्रकृया पुराउनु पर्छ । अनि मात्र घिउ निस्कन्छ ।

सरकार! जसरी दूधमा भएको नौनी र घिउलाई यो चर्मचक्षुले देख्दैन, त्यसरी नै हामी बीच हुनुभएका भगवान भेट्न पनि प्रकृया पूरा गर्नुपर्छ ।

१) भगवान छन् कि छैनन्? भन्ने प्रश्नको जवाफमा जसरी दूधमा घिउ छिपेको हुन्छ, उसरी नै हामी बीच भगवान हुनुहुन्छ । २) भगवान छन् भने कसरी भेट्न सकिन्छ? भन्ने प्रश्नको जवाफमा जसरी दूधको घिउ प्राप्त गर्न निश्चित प्रकृया पूरा गर्नुपरे झैं त्यसरी नै हिमी बीचका भगवान भेट्ने प्रकृया पूरा गर्नुपर्छ । ३) भगवानलाई कहाँ भेटिन्छ? भन्ने प्रश्नको जवाफमा भगवान हामी बीचमा नै हुनुहुन्छ ।

सबैले ताली बजाएर सटिक जवाफका लागि तारिफ गरे ।
महाराजलाई चौथो सवाल, भगवान के के गर्नुहन्छ? को साह्रै चासो भयो ।

उनले तेजलाई सोधे, -भगवान के के गर्नुहन्छ?
तेजले राजालाई भने, – महाराज सबै प्रश्नको जवाफ दिन्छु । यस कार्यका लागि सरकारले मलाई सुस्ताउन दिईबक्सन्छ । म उभिएको धेरै बेर भयो । म बस्ने अासन पाऊँ ।

खाली कुर्सी थिएन । न त कुर्सी राख्ने जग्गा । राजसभामा खचाखच मानिस थिए । राजाले सातदिनको प्रतिक्षामा जवाफ पाईरहेको आवेगमा तेजको सबै माग पूरा गर्न गईरहेका थिए । तेजले राजाको अन्तिम जवाफ दिनकालागि आसन खोजिरहेका थिए । तेजले राजालाई भने, – महाराज ! मैले यति ठूलो र गहन जवाफ दिनका लागि आसन गर्नुपर्छ ।

राजा – म तिमीलाई कुन आसन दिऊँ?
तेजले राजालाई भने, – महाराज! यस प्रश्नको जवाफ सुन्नका लागि सामर्थ्य र धैर्यताको खाँचो पर्छ ।
मैले के गर्नु पर्यो? विना हिच्किचाहट भनेको खण्डमा अवश्य पूरा गर्नेछु ।

सभासदलाई सादर प्रणाम गर्दै तेजबहादुरले राजाबाट पूर्वोक्त वाचा स्मरण गरायो । उसले राजालाई उनको आसन तेजबहादुरलाई दिई आफू तेजबहादुर उभिएका स्थानमा उभिन भन्यो । राजाले सोधेको अन्तिम सवाल – भगवान के के गर्नुहन्छ? को जवाफ सजिलो छैन । एउटा जानिफकारले थकित र अपहेलित मुद्रामा ज्ञानको पेटारो फुकाउनु मर्यादा बाहिर भएकोले उसलाई उच्च सम्मानका साथ राजगद्दीमा आसिन गराइयोस् ।

गद्दीमा आसिन तेजबहादुरले पानी मगायो । सेववकले तत्कालै ठाउँको ठाउँ पानी पिएर खाली गिलास मुख्य सचिव अनन्तप्रसाद तर्फ फिरायो । अनन्तले त्यो गिलास समाए । सेवक हातमा थप पानीले भरिएको जग लिई खडा थियो । अत: अनन्त स्वयं उठेर त्यो गिलास कफी टेवलमाथि राख्न पुगे ।

तत्कालसम्म राजाले पानी पिई विटुलो गिलास सहज रूपमा मुख्यसचिवलाई सुम्पन सकेका थिएनन् । सहयोगीले सेवा गरेको समयान्तर पनि सहज र स्वप्नवत् थियो । राजाले राजकाज सम्हाल्दा निमेषभर आराम लिन पाएका थिएनन् । सभा प्रवेशद्वार छेउ उभिएर सभाको मञ्चलाई तीक्ष्ण नजर दिईरहेथे । राजालाई यस्तो लागिरहेथ्यो कि, सजिएको गद्दिबाट छिमेकी राष्ट्राध्यक्षले सम्बोधन दिईरहेथे । त्यस सभाको निम्तामा भर्खर उनको प्रवेश भएको होस् ।

तेजले राजालाई सम्बोधनको भाषामा अनुरोध – हे महाराज! भगवान के के गर्नुहन्छ? अनुभव गर्नुहोस् ।
तेजले राजालाई भने – महाराज! भगवानले चाहेमा राजालाई रङ्क र रङ्कलाई राजा बनाउन बेर लाग्दैन ।
यति भनेर उ गद्दीबाट उठेर राजा उभिएका ठाउँमा आयो ।

हरिः ॐ ॥

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment