नेप्सेमा आज बिहिबार सामान्य अंकको गिरावट

०३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा थामिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो बिहिबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment