गोकर्णेश्वर नगरपालिकाद्वारा सिन्धुपाल्चोक बाढी पहिरो पीडितका लागि रु ५ लाख सहयोग गर्ने

०२ असार, काठमाडौं । सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि काठमाडौं गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । विपत्तमा परेकाहरुलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले डिजिटल खबर लाई बताउनुभयाे ।

नगर प्रमुख चालिसेले भने हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतीबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं । केहीको मृत्यु तथा वेपत्ता भएको आशंका गरिएको छ । यस्तो दुखद घडीमा राहत तथा उद्धारमा खटिएर सहयोग गर्नु मानविय धर्म पनि हो । सोही अनुरुप गोकर्णेश्वर नगरपालिकाले छिमेकी जिल्लामा परेको विपत्तको लागि राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।

काठमाडौंले मेलम्चिको पानीले तिर्खा मेट्ने भएकोले मेलम्चीका जनता पिडामा परेको दुःखको यस घडिमा मेलम्ची नगरपालिकालाई सहयोग गर्नु मानवीय दायित्व सम्झदै गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्न लागेको मेयर चालिसेले बताउ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment