सिन्धुपाल्चोकको हेलम्बुको पहिरोमा बेपत्ता भएका ७ जनाको पहिचान खुल्यो

०२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुको पहिरोमा बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

हेलम्बुको इन्द्रावती नदीमा बेपत्ता भएका ७ जनाकै पहिचान खुलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

उनका अनुसार बेपत्ता हुनेहरुमा माधव भण्डारी, गणेश ज्योती, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, च्याङ्बा तामाङ र सीता तामाङ तथा सुरेन्द्र नेपाल रहेका छन् ।

‘हालसम्म बाढीको कारण ७ जना बेपत्ता भएको र एकजना मृत्यु भएको छ । म अहिले चौतारामा छु । तर उता के भइरहेको फोन सम्पर्क हुन सकेको छैन् । उनले भने ।

उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

सिन्धुपाल्चाेककाे बाडिपहिराे निरिक्षण, पहिरो गएको ठाउँ भ्रातेकतेक (हेलम्बु १ नाकोते चोक्पुभन्दा ५०० मिटर माथी) । योभन्दा माथी पनि पहिरो गएको छ ।

भिडियाे :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment