सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

०२ असार, काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ रहेको छ ।

मंगलबार छापावाल सुनको भाउ ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेकोमा आज बुधबार एक हजार ३६० रुपैयाँ रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment