झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य नभएपछि थप उपचारका लागि नयाँदिल्ली लगिदै

०२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य नभएपछि थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।

उनलाई आज बुधवार दिउँसो १२:३० बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

दिल्लीमा खनालको एपोलो अस्पतालमा हुने सचिवालयले जनाएको छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमवार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment