नबिल बैंकले कोर बैंकिङ्ग सिस्टम अपग्रेड गर्दै, असार ४ गतेदेखि ३ दिन सेवा बन्द हुने

०२ असार, काठमाडाैं । नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म बन्द हुने भएको छ । नबिल बैंकले कोर बैंकिङ्ग सिस्टम अपग्रेड गर्दै, असार ४ गतेदेखि ३ दिन सेवा बन्द हुने ।

बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) लाई स्तरोन्नति गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द हुने जानकारी दिएको हो ।

नबिल बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने जानकारी दिएको हो ।

बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आइपर्नसक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिमरूपमा सम्पर्क गर्नका लागि बैंकले अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment