एक हजार ६८१ थपिए, चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु

०१ असार, काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमुनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा हाल ६३ हजार २५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment