कोरोना अपडेट: आज थपिए २९१८ कोरोनाका संक्रमित, ५१४७ जना संक्रमणमुक्त

३१ जेठ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ८ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार ८ सय १९ परीक्षणबाट सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । जसमध्ये २ हजार ४९ जनाको पीसीआर पोजेटिभ र ८ सय ६९ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।

 पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । त्यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या मा पनि कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ८ सय ४ रहेको छ ।

मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा देशभर कुल ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ८ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । भने पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट थप ५३ जनाको मृत्यु भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment