१२ करोड मागेको चर्चापछि अभिनेत्री करिना कपुर विवादमा

३१ जेठ, एजेन्सी । लामो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री करिना कपुर चाँडै नै बलिउडमा फर्किने तयारीमा छिन्। उनी आमिर खानका साथ ‘लालसिंह चड्डा’मार्फत बलिउडमा पुनरागमन गर्ने तयारीमा छिन्। यस बाहेक उनले ‘हंसल मेहता’ र ‘वीरे दी वेडिङ’मा पनि अभिनय गर्ने जनाइएको छ।

आफूले निर्माण गर्न लागेको चलचित्रका विषयमा छलफल गर्न निर्देशक आलौकिक देसाइ पनि केही महिनाअघि करिनाको घरमा गएका थिए। करिना र देसाइका छलफलका विषयमा केही खबर बाहिरिएका थिए। देसाइको चलचित्रमा काम गर्नका लागि करिनाले मोटो रकम माग गरेको समाचार केही भारतीय मिडियाले लेखेका थिए। त्यही विषयलाई लिएर करिना अहिले विवादमा आएकी छन्। उनलाई सामाजिक सञ्जाल ट्विटरमा बहिष्कार गर्ने अभियान तीव्र रूपमा चलेको छ।

देसाईले निर्माण गर्न लागेको रामायणमा आधारित चलचित्रमा ‘सीता’को भूमिकाका लागि १२ करोड मागेको चर्चापछि अभिनेत्री करिना कपुर विवादमा मुछिएकी हुन्। ‘बलिउड बेबो’ का नामले परिचित करिना सामाजिक सञ्जाल ट्विटरमा निसाना बनेकी छन्। ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ। ‘ह्यास ट्याग बाएकट करिना कपुर खान’ ट्रेन्डमा आएको छ। ट्विटर प्रयोगकर्ताहरूले तैमुर अली खानकी आमा करिना सीताको भूमिकाका लागि योग्य हुन नसक्ने भन्दै उनको विरोध गरिरहेका छन्। करिनाले सीताको नभई सुर्पणाखाको भूमिका निभाउँदा राम्रो हुने ट्विटर प्रयोगकर्ताले सुझाव दिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment