अमेजनले सन् २०२२ मा अमेरिकाको सबैभन्दा ठूलो रिटेलरका रुपमा वालमार्टलाई उछिन्ने

३१ जेठ, एजेन्सी । अमेजनले अमेरिकाको सबैभन्दा ठूलो रिटेलरका रुपमा आगामी वर्ष वालमार्टलाई उछिन्ने भएको छ। शुक्रबार जेपी मोर्गनले निकालेको एक रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको हो।

कम्पनीका विश्लेषकहरुका अनुसार अमेजनको खुद्रा व्यवसाय सर्वाधिक वृद्धिको अवस्थामा छ। सन् २०१४ देखि २०२० सम्म अमेजन यूएसको समग्र व्यापार घनत्व जीएमभी बढेर अमेरिकाको खुद्रा व्यापार र ई-कमर्स साइटबाट हुनेभन्दा अत्यधिक द्रुत गतिमा बढेको थियो।

अमेजन र वालमार्टले नै आफ्ना त्रैमासिक आम्दानीमा जीएमभी नघाउन नसके पनि जेपी मोर्गनले अमेजनको जीएमभीकव अनुमानमा वालमार्टभन्दा अमेजनको जीएमभी द्रुत गतिले बढिरुहेको छ।

जेपी मोर्गनका अनुसार अमेजनको जीएमभी सन् २०२० मा वार्षिक ४१ प्रतिशतले वृद्धि भएर ३१ खर्ब ६० अर्ब डलर पुगेको थियो जबकि वालमार्टको भने १० प्रतिशतको हाराहारीमा बढेर ४३ खर्ब ९० अर्ब डलर पुगेको थियो।

अमेजनका सीईओ जेफ बेजोसले गत अप्रिलमा सन् २०२० मा रहेका १५ करोडबाट आफ्ना मुख्य ग्राहक २० करोड पुर्याउने बताएका थिए।

@laxman

हर्भर्स तथा अन्मथले अमेजनको खाद्यान्न, लुगाकपडा आदिको व्यापारका कारण द्रुत गतिमा वृद्धि भइरहेको बताएका छन्।

अमेजनले कोरोना महामारीका बेला गरेको व्यापारले ई-कमर्स बजारमा निश्चित हिस्सा ओगट्न सहयोग गर्यो। जेपी मोर्गनको अनुमान अनुसार अमेजनले सन् २०१४ मा २४ प्रतिशत रहेको अमेरिकी ई-कमर्स बजारमा सन् २०२० मा ३९ प्रतिशत हिस्सा ओगट्न सफल भयो।

‘अमेजन अमेरिकाकै सबैभन्दा ठूलो डेलिभरी कम्पनीका रुपमा अगाडि बढिरहेको छ’, बैंक अफ अमेरिकाका विश्लेषकहरुले एउटा अनुसन्धान रिपोर्टमा उल्लेख गरेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment