मेकिङमा बाहुबलीको रेकर्ड तोड्दै प्रभासको आदिपुरुष

३० जेठ, एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ । यो फिल्मको निर्देशन ‘तान्हाजी’ निर्देशक ओम राउतले गरिरहेका छन् । यो फिल्ममा विशेष किसिमको भीएफएक्स प्रयोग हुँदैछ ।

समाचारअनुसार प्रभास अभिनित फिल्म ‘बाहुबली २’मा प्रयोग गरिएको भन्दा उत्कृष्ट भीएफएक्स ‘आदिपुरुष’मा गरिँदैछ । एसएस राजामौलीको फिल्म ‘बाहुबली २’मा २५ सय भीजुअल इफेक्ट्सको सट हुँदा यो फिल्ममा ८ हजार भीजुअल इफेक्ट्स सट राखिनेछ । जुन ‘बाहुबली २’ को भन्दा तीन गुना बढी हो ।

फिल्म ‘आदिपुरुष’मा अभिनेत्री कृति सेननले सीताको भूमिका निर्वाह गर्दैछिन् । जबकी लंकेशको भूमिका सैफ अली खानले निर्वाह गर्दैछन् । त्यस्तै सनी सिंह लक्ष्मणको भूमिका निर्वाह गर्दैछन् ।

चार सय करोड रुपैंयाँ बजेटको फिल्म हिन्दीसहित कैयौं भाषामा रिलिज हुँदैछ । फिल्मको निर्माण भूषण कुमारले गर्दैछन् । फिल्मको सुटिङ मुम्बईमा निकै ठूलोस्तरमा गरिनेछ । फिल्मको पहिलो चरणको सुटिङ पुरा भइसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment