शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकको ७ अर्ब २० करोड सहयोग

० जेठ, काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि आर्थिक सहयोग गर्ने घोषण गरेको छ । बैंकले ६० मिलियन डलर नेपाली ७ अर्ब २० करोड रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहूँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment