मुख्यमन्त्री शाहीलाई भेटेर राउटे समुदायले मागे खाद्यान्न

२९ जेठ, सुर्खेत । राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्नको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए ।

उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए ।

सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिनुभयो । सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए ।

सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment