कोरोना अपडेट: आज थपिए कोरोनाका ३७५० संक्रमित : ५२२५ जना संक्रमणमुक्त

२८ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल १५ हजार १ सय ८२ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमित थपिएका हुन् । जसमा २ हजार ७ सय ९ जनामा पीसीआर पोजेटिभ र १ हजार ४१ जनाको एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जनाको कोरोनाको कारणल मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार ३ सय ५ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment