गोकर्णेश्वर नगरपालिकामा कोरोना जित्नेकाे संख्या २ हजार ७ सय ६३ पुग्याे

२८ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २७ गते सम्ममा १८२६ जना पुरुष र १६९३ जना महिला गरि कुल ३ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये १४५५ जना पुरुष र १३०८ जना महिला गरि कुल २ हजार ७ सय ६३ जनाले कोरोना जितेका छन ।

हाल सम्म नगरपालिकाका २६ जना पुरुष र २१ जना महिला गरि कुल ४७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा ३४५जना पुरुष र ३२२ जना महिला गरि कुल ६६७जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।हाल सम्म ६जना पुरुष र १२ जना महिला गरि कुल १८जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३३९ जना पुरुष र ३११ जना महिला गरि कुल ६५०जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा १३३७ जना पुरुष र १२४९ जना महिला गरि कुल २५८६ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा१४२ जना पुरुष र १५५ जना महिला गरि २९७ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले २४८८ जना पुरुष र २२१५ जना महिला गरि कुल ४७०३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण प्राथमिक अस्पताल अस्थाई कोभिड आइसोलेसन सेन्टरमा हाल सम्म ११ पुरुष र १० जना महिला गरि २१ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ४ जना महिला गरि कुल ७ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ । त्यसै गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment