युरोकप फुटबल आजबाट सुरु हुँदैं, २४ टिमको सहभागिता

२८ जेष्ठ, एजेन्सी । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ ।

यसपटक युरोपका १० देशका ११ शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।

इटालीको रोममा आज हुने उद्घाटन खेलमा घरेलु टोली इटालीले टर्कीसाग खेल्दैछ । यो खेल नेपाली सयम अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarEURO 2020footballsports
Comments (0)
Add Comment