अवैध ठानिएका सामग्री नहटाएको भन्दै फेसबुकलाई रुसमा १ करोड ७० लाख रुबल जरिवाना

२८ जेठ, एजेन्सी । एक रूसी अदालतले बिहीबार अमेरिकाको टेक्नोलोजी जायन्ट फेसबुक इंकलाई १ करोड ७० लाख रुबल जरिवाना गरेको छ ।

फेसबुकलाई मस्कोले आदेश दिएअनुसार आफ्नो प्लेटफर्ममा भएका अवैध ठानिएका सामग्री मेटाउन असफल भएको भन्दै सो जरिवाना गरिएको हो ।

यसअघि नियमनकारी निकायले सोशल मिडिया फेसबुकलाई रुसमा अबैध ठानिएका सामाग्रीहरु हटाउन आदेश दिएको थियो ।

यसअघि अर्को सोशल मिडिया ट्विटरलाई पनि नियमनकारी निकायले आदेश पालना नगरेको भन्दै रुस भित्र स्लो बनाएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment