कोरोना अपडेट :आज थपिए कोरोनाका ३७४९ संक्रमित

२७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल १५ हजार २ सय ३८ परीक्षणमा सो परिणाममा संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ८ सय ७४ जनामा पीसीआर र ८ सय ७५ जनाको एन्टिजेट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेकाृे संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment