ब्याडमै काउली फुलेपछि किसान चिन्तित

२७ जेठ, मकवानपुर बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ की मीना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गर्नुभएको थियो । रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि उहाँले काउली फालेर उक्त जग्गामा मकै रोप्नुभयो ।

पाख्रिनजस्तै थाहा नगरपालिका– १का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका छन् ।

अहिले थाहा नगरका झण्डै सय बढी किसानहरुले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ । फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उहाँको भनाइ रहेको छ ।

थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउनुहुन्छ । खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उहाँको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment