आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै, नेपालमा कुनै असर नहुने

२७ जेष्ठ, काठमाण्डौ । आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । आज लाग्ने खण्डग्रास सूर्य ग्रहणले नेपालमा भने कुनै असर नहुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि हिस्साबाट नदेखिने समितिले जनाएको छ ।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

आज लाग्ने सूर्यग्रहण सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment