काठमाडौं उपत्यकामा थपिए ९ सय १५ जनामा कोरोना संक्रमित

२६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९ सय १५ जनामा कोरोना संक्रमण थपिएका छन् ।

संक्रमित मध्य काठमाडौंमा ६ सय ७९ भक्तपुरमा ८५ र ललितपुरमा १ सय ५१ जना गरि काठमाडौं उपत्यकामा ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टमा थप ८१ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment