बेली डान्सर नोरा फतेहीको आकर्षक रुप

२६ जेठ, एजेन्सी । बलिउड अभिनेत्री तथा नृत्यंगना नोरा फतेही अहिले चर्चामा छिन । मोडलिङ क्षेत्रमा पनि राम्रै स्थान बनाइसकेकी नोरा यतिबेला आकर्षक तस्विरहरुका कारण चर्चामा आएकी हुन् । सामाजिक सञ्जालमा निकै ब्यस्त हुन रुचाउने नोराले आफ्ना तस्विरहरु पोस्ट गर्छिन् । तिनै तस्विरहरुका कारण पनि उनका फ्यान फलोअरहरुको संख्या बढ्दो छ भने लोकप्रियता पनि उत्तिकै बढिरहेको छ ।

सन १९९२ फेब्रुअरी ६ मा क्यानाडाको टोरन्टोमा जन्मिएकी नोरा उत्कृष्ट पोशाक छनौटको मामिलामा अब्बल सावित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा निकै ब्यस्त हुन रुचाउने नोराले आफ्ना तस्विरहरु पोस्ट गर्छिन् । तिनै तस्विरहरुका कारण पनि उनका फ्यान फलोअरहरुको संख्या बढ्दो छ भने लोकप्रियता पनि उत्तिकै बढिरहेको छ ।

आफ्नो शरीरलाई स्लिम ट्रिम बनाइराख्न कत्ति पनि कन्जुस्याँई नगर्ने नोरा कला र सुन्दरताका हिसाबले भारतीय मनोरञ्जन उद्योगमा अब्बल कलाकारका रुपमा स्थापित भैसकेकी छिन् । बेली डान्सरका रुपमा पनि निकै चर्चा कमाएकी नोराले बलिउडमा ‘रोअर टाइगरर्स अफ सुन्दरबन’ फिल्मबाट प्रवेश गरेकी हुन् ।

यसका अलावा नोराले स्ट्रीट डान्सर थ्री डी, बट्ला हाउस, बाहुबलीः द बिगिनिङ, किक टू, भुजः द प्राइड अफ इण्डियालगायतका हिन्दी फिल्महरुमा अभिनय गरिसकेकी छिन् । नोराले तेलुगु फिल्महरुमा पनि अभिनय गरिसकेकी छिन । नोरा भारतीय चर्चित टेलिभिजन शो बिगबोस ९ मा प्रतियोगीको रुपमा सहभागी भएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment