गोकर्णेश्वर नगरपालिकाका २ हजार ३ सय ५२ जनाले कोरोना जिते

२६ जेष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २५ गते सम्ममा १७०१ जना पुरुष र १५४४ जना महिला गरि कुल ३ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएकाे छ ।

कुल संक्रमित मध्ये १२४२ जना पुरुष र १११० जना महिला गरि कुल २ हजार ३ सय ५२ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका २६ जना पुरुष र १९ जना महिला गरि कुल ४५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा ४३३जना पुरुष र ४१५ जना महिला गरि कुल ८४८ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।ho

हाल सम्म ९जना पुरुष र १४ जना महिला गरि कुल २३जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ४२४ जना पुरुष र ४०१ जना महिला गरि कुल ८४८ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ । हाल सम्म नगरपालिकामा ११०४ जना पुरुष र १०४२ जना महिला गरि कुल २१४६ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा१३२ जना पुरुष र १४१ जना महिला गरि २७३ जनामा पोजेटिभ देखिएको जनाएको छ ।

त्यसै गरि हाल सम्म नगरपालिकाले २४८८ जना पुरुष र २२१५ जना महिला गरि कुल ४७०३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण प्राथमिक अस्पताल अस्थाई कोभिड आइसोलेसन सेन्टरमा हाल सम्म ८ पुरुष र ९ जना महिला गरि १७ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ४ जना महिला गरि कुल ७ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध गरेका छन । उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment