प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार आज अन्तिम दिन

२६ जेठ, काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार आज अन्तिम दिन रहेको छ । बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल ४० लाखमध्य उक्त ऋणपत्र सर्वसाधारणमा विक्री गर्न लागेको हो । बैंकले कुल कित्तामध्य सर्वसाधारणका लागि छुट्याएको १६ लाखबाट सामूहिक लगानीकोषका लागि २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

२४ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ । प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ ।

प्रति ऋणपत्र रू। १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment