कोरोना अपडेट: आज थपिए कोरोनाका ५१५३ संक्रमित : ६५७० जना कोरोना संक्रमण मुक्त

२५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रामण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६ सय ६७ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९५ हजार ६ सय ६४ (पीसीआर) र १५ हजार ९ सय ४४ (एन्टीजेन) पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख नाघेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण थप १ सय ८ जनाको मृत्यु भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment