६० वर्ष देखी ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिदै

सरोज राई

२५ जेठ, काठमाडौं । नेपाल सरकारले चिनबाट पाएको ०८ लाख कोभिड खोप भेरोसेलको पहिलो मात्र ६० वर्ष देखी ६४ वर्ष उमेरका व्यक्तिलाई दिदै छ । तर नेपाल सरकारले ६० वर्ष देखी ६४ वर्य समूहलाई खोप निर्धारण गरेको भएतापनि सवै ठाउँमा नपुग्ने भएकाले काठमाडौं उपत्यका बाहेक अन्य जिल्ला तथा स्थानीय निकायहरुमा ६२ वर्ष देखी ६४ वर्षमा समूहमा लगाउने भएको छ ।

काठमाडौंमा उपत्यकाका तीन जिल्लामा आजदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन शुरु भएको छ। 

 काठमाडौं महानगर क्षेत्रमा आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो ।

खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । जेठ २५ गते ६४ वर्ष समूहले खोप लगाउने कार्यक्रम रहेको छ ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २५ गते ६४ वर्ष समूहले जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

काठमाडौं स्थित गोकर्ण नगरपालसिकाका मेयर सन्तोष चालिसे आज नारायणटार चामुण्डा माविमा खोप कार्यक्रमको उदघाटन गर्नु भएको छ । साथै उक्त कार्यक्रममा गो न पाका प्रवक्ता मनोज ढुंगाना उपस्थित भएका थिए । खोप कार्यक्रम सामाजिक दुरी कायम भई सम्पन्न भएको छ ।

यही सन्दर्भमा हाम्रा डिजिटल खवरका फोटो प्रत्रकार सरोज राईले काठमाडौं महानगरपालिकाको वडा नम्वर ०६ महेन्द्र बौद्ध स्कुल केन्द्र र गोकर्णेश्वर नगरपालिका चामुण्डा माविमा कैद गरेका केही तस्वीरहरु ६० वर्ष देखी ६४ वर्ष सम्मका समूहको पहिलो डाेजकाे खाेप (तस्वीरमा)

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment