बिग बोस १५ मा रिया चक्रवर्ती

२३ जेठ, एजेन्सी । टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’ फ्यानका लागि प्रतिक्षाको विषय बनेको छ । यो शो गत वर्ष कोरोना महामारी र लकडाउनका कारण निकै ढिला सुरु भएको थियो । अघिल्लो संस्करणमा रुबिना दिलाइक विजेता भइन् ।

‘बिग बोस १५’ मा प्रतिष्पर्धीको रुपमा यसपटक अभिनेत्री रिया चक्रवर्तीको नाम पनि अगाडि आएको छ । शोलाई सलमान खानले नै सञ्चालन गर्नेछन् । रिया विशेषत अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि चर्चामा आएकी अभिनेत्री हुन् । उनी सुशान्तको पूर्व प्रेमिका पनि हुन् ।

उनले ‘मेरे ड्याडकी मारुती’, ‘सोनाली केबल’ र ‘जलेबी’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । रियाले यो शोमा सहभागिता जनाउन पाइन् भने उनका लागि सानो पर्दामा डेब्यू हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment