चाइनिज ताइपेई विरुद्ध नेपाल २ गोलले विजयी

२० जेठ,काठमाडौं । विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको छ । खेलमा नेपाल २ गोलले बिजयी भएको छ ।

खेल कुवेतको जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा भएको छ ।

खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अन्जनले विष्टले नेपाललाई अग्रता दिलाएका थिए। साथै खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।

नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै ‘अवे’ खेल खेलिसकेको नेपालले अब ‘होम गेम’का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो।

नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment