फेवतालमा पानी भरियाे, ताल पूर्वावस्थामा फर्किएकाे छ

सन्जिब तिमल्सिना

२० जेठ, कास्की । फेवतालमा यतिबेला पानी भरिएको छ । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको थियो । मर्मतका लागि तालको पानी ह्वात्तै घटेको देख्दा फेवाताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पूर्वावस्थामा फर्किएकाे छ ।

aजलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पुनः आकारमा फर्किएको जानकारी दिनुभयो । “फेवतालले अस्तिबाट आफ्नो आकार लिएको छ, अहिले ९९३.१५ आर एल रिड्युस लेवल ) पुगेको छ । अब अझ केही बढ्छ, ९९४ं.७ सम्म लान सकिन्छ तेतिबेला पूर्ण आकार लिन्छ पहिलो देखेभन्दा ठूलो हुन्छ ।,

पानी भरिन् किन लामो समय लाग्यो भन्ने प्रश्नमा, आचार्य भन्नुहुन्छ, सेतीको पानी ल्याएर रिचार्ज गर्ने भनिएको थियो, यतिबेला सिंचाइको समय पनि नभएको र हतार पनि नभएकोले नेचुरल हिसाबले भरिन दियांै, ।

उहाँका अनुसार मर्मतको काम दुई महिना अघि सकिएको छ । बाँध लगायत अन्य चर्किएको ठाउँमा (गा्रउटिङ)मसला भर्ने गरी मर्मत गरिएको छ । आचार्य भन्नुहुन्छ, “आयुका हिसाबले एक पटक बनाएको ड्याम एक सय वर्षलाइ टिक्छ, तर समयसमयमा मर्मत गर्नुपर्छ । अब फेवताललाइ १० वर्ष यता ठूलो मर्मत गर्न नपर्ने उहाँले जानकारी दिनुभयाे ।

पर्यटन वन तथा वातावरण मन्त्रालयले पानी सुकाएको बेला फेवातालमा जम्मा भएको फोहोर निकाल्ने कामको शुरुवात गरेको भए पनि काम भने हुन सकेन । आचार्य भन्नुहुन्छ, फेवाताल सफा गर्न शुरुवात गरेको थियो,बजेट विनियोजन नहुँदा खोजिएको काम हुन सकेन् अलिअलि मात्र भयो ।

भारतको सहयोगमा २०१८ सालमा फेवातालको बाँध निर्माण भएको थियो । बाँध मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको थियाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment