देशभर संक्रमण घट्दै, निको हुने बढे, कुन प्रदेशमा कति ?

२० जेठ, काठमाडौं । मुलुकमा पछिल्लो केही दिनदेखि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्यामा बृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकभर सात हजार २१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै मुलुकभर चार लाख ६१ हजार ५६३ जना सङ्क्रमण मुक्त भएका छन् । यो निको भएको दर ८०.८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधबार देशभर पाँच हजार ३६१ जना नयाँ कोरोना सङ्क्रमित थपिएसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या पाँच लाख ७१ हजार १११ रहेको छ । साथै बुधबार मात्रै १०१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या सात हजार ५५५ रहेको छ ।

त्यसैगरी पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ । साथै जम्मा मृत्यु प्रति दश लाख (पोजेटिभ)मा २५९.३ रहेको स्वास्थ्य मन्त्रालयका तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको पाँच–छ दिनको तथ्याङ्क हेर्ने हो भने मुलुकमा कोरोनाका नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्याभन्दा निको हुने व्यक्तिको सङ्ख्या बढ्न थालेको छ । मुलुकका सातै प्रदेशमा पनि क्रमशः कोरोना सङ्क्रमितको सङ्ख्याम कमि आइरहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार सातै प्रदेशका होम आइसोलेसन, आइसीयू र भेन्टिलेटरमा रहेको सङ्क्रमितको सङ्ख्यामा कमि आइरहेको छ । पछिल्लो ५–६ दिनको तथ्याङ्कमा होम आइसोलेसन, आइसीयू र भेन्टिलेटरमा रहेको सङ्क्रमितको सङ्ख्यामा कमि आएको हो ।

यद्यपी हाल सातै प्रदेशमा कोरोना सङ्क्रमितको अवस्था कस्तो छ ? होम आइसोलेसन, आइसीयू र भेन्टिलेटरमा कति सङ्क्रमित रहेका छन् ?
स्वास्थ्य मन्त्रालयले बुधबार सावैजनिक गरेको तथ्याङ्क अनुसार सातै प्रदेशमा ९५ हजार १३१ जना होम आइसोलेसनमा रहेका छन् भने छ हजार ८६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै १४ सय ४६ जना आइसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन् ।

जसमध्ये प्रदेश १ मा १२ हजार ५०४ जना होम आइलोलेसनमा, ९०९ जना संस्थागत आइसोलेसनमा, २३२ जना आइसीयूमा र ६३ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रदेश २ मा सात हजार २६४ जना होम आइसोलेसनमा, ५०५ जना संस्थागत आइसोलेसनमा, ११२ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेका छन् ।

बागमती प्रदेशमा ३७ हजार ७५१ जना होम आइसोलेसनमा, दुई हजार ५९२ जना संस्थागत आइसोलेसनमा, ७०९ जना आइसीयूमा र २३० जना भेन्टिलेटरमा रहेका छन् ।

गण्डकी प्रदेशमा १० हजार ४८० जना होम आइसोलेसनमा, ३४३ जना संस्थागत आइसोलेसनमा, १३७ जनाा आइसीयूमा र २६ जना भेन्टिलेटरमा रहेका छन् ।

लुम्बिनी प्रदेशमा १६ हजार ५३१ जना होम आइसोलेसनमा, ११ सय ६ जना संस्थागत आइसोलेसनमा, १६९ जना आइसीयूमा र २० जना भेन्टिलेटरमा रहेका छन् ।

कर्णाली प्रदेशमा तीन हजार ५८ जना होम आइसोलेसनमा, ३६६ जना संस्थगत आइसोलेसनमा, ४७ जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार ६४३ जना होम आइसोलेसनमा, एक हजार ४१ जना संस्थागत आइसोलेसनमा, ४० जना आइसीयूमा र ११ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै जेठ १९ गते सातै प्रदेशमा ९७ हजार ७०४ जना होम आइसोलेसनमा रहेका छन् भने सात हजार ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आइसीयूमा एक हजार ४९१ र भेन्टिलेटरमा ४०४ जना रहेका छन् ।

जसमध्ये प्रदेश एक मा १२ हजार ८६१ जना होम आइसोलेसनमा रहेका छन् भने ९३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयूमा २३४ जना र भेन्टिलेटरमा ६० जना उपचाररत रहेका छन् ।

प्रदेश २ मा सात हजार २८९ जना होम आइसोलेसनमा, ५३१ जना संस्थागत आइसोलेसनमा, १२० जना आइसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

बागमती प्रदेशमा ३८ हजार ६४२ जना होम आइसोलेसनमा, दुई हजार ६८६ जना संस्थागत आइसोलेसनमा, ७२१ जना आइसीयू र २४६ जना भेन्टिलेटरमा रहेका छन् ।

गण्डकी प्रदेशमा १० हजार ३८२ जना होम आइसोलेसनमा, ४७० जना संस्थागत आइसोलेसनमा, १४९ जना आइसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

लुम्बिनी प्रदेशमा १६ हजार ९९३ जना होम आइसोलेसनमा, एक हजार १३३ जना संस्थागत आइसोलेसनमा, १७२ जना आइसीयूमा र २४ जना भेन्टिलेटरमा रहेका छन् ।

कर्णाली प्रदेशमा चार हजार २३२ जना होम आइसोलेसनमा, ३७० जना संस्थागत आइसोलेसनमा, ५३ जना आइसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सात हजार ३०५ जना होम आइसोलेसनमा, ९५९ जना संस्थागत आइसोलेसनमा, ४२ जना आइसीयू र १० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै जेठ १७ गते सातै प्रदेशमा ९९ हजार १३२ जना होम आइसोलेसनमा, ७ हजार ३३८ संस्थागत आइसोलेसनमा, १४ सय ९२ जना आइसीयू र २४२ जना भेसन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये प्रदेशमा १३ हजर ४ जनाा होम आइसोलेसनमा, ८९९ जना संस्थात आइसोलेसनमा, २२७ जना आइसीयू र ६३ जना भेन्टिलेटरमा रहेका थिए ।

प्रदेश २ मा सात हजार २७५ जना होम आइसोलेसनमा, ५६८ संस्थागत आइसोलेसनमा, १२६ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेका थिए ।

बागमती प्रदेशमा ३८ हजार ७८९ होम आइसोलेसनमा, दुई हजार ८२९ संस्थागत आइसोलेसनमा, ७४४ जना आइसीयूमा र २६५ जना भेन्टिलेटरमा रहेका थिए ।

गण्डकी प्रदेशमा दश हजार ५०९ जना होम आइसोलेसनमा, ४९८ जना संस्थागत आइसोलेसनमा, १५२ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेका थिए ।

लुम्बिनी प्रदेशमा १७ हजार ६२५ जना होम आइसोलेसनमा, ११ सय २४ जना संस्थागत आइसोलेसननमा, १५२ जना आइसीयू र २३ जना भेन्टिलेटरमा रहेका थिए ।

कर्णाली प्रदेशमा चार हजार २४४ जना होम आइसोलेसनमा, ३८५ जना संस्थागत आइसोलेसनमा, ५१ जना आइसीयू र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सात हजार ६८६ जना होम आइसोलेसनमा, एक हजार ३५ जना संस्थागत आइसोलेसनमा, ४० जना आइसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै जेठ १६ गते सात वटै प्रदेशमा एक लाख एक हजार ३३४ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा, सात हजार ५६३ जना संस्थागत आइसोलेसनमा, १५ सय ४५ जना आइसीयू र ४०७ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

जसमध्ये प्रदेश १ मा १३ हजार २१ जना होम आइसोलेसनमा, ९४३ जना संस्थागत आइसोलेसनमा, २३७ जना आइसीयूमा र ४८ जना भेन्टिलेटरमा रहेका थिए ।

प्रदेश २ मा सात हजार ४१८ जना होम आइसोलेसनमा, ६१० जना संस्थागत आइसोलेसनमा, १४४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेका थिए ।

बागमती प्रदेशमा ३९ हजार १८२ जना होम आइसोलेसनमा, २८ सय जना संस्थागत आइसोलेसनमा, ७२० जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा रहेका थिए ।

गण्डकी प्रदेशमा दश हजार ५१७ जना होम आइसोलेसनमा, ५४२ जना संस्थागत आइसोलेसनमा, १६६ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेका थिए ।

लुम्बिनी प्रदेशमा १८ हजार ९१२ जना होम आइसोलेसनमा, ११ सय ६० संस्थागत आइसोलेसनमा, १८३ जना आइसीयूमा र २१ जना भेन्टिलेटरमा रहेका थिए ।

कर्णाली प्रदेशमा चार हजार ५९६ जना होम आइसोलेसनमा, ३७२ जना संस्थागत आइसोलेसनमा, ५० जना आइसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा सात हजार ६८८ जना होम आइसोलेसनमा, ११ सय ३६ संस्थागत आइसोलेसनमा, ४५ जना आइसीयूमा र १२ जना भेन्टिलेटरनमा रहेका थिए ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार जेठ १५ गते सातै प्रदेशमा एक लाख तीन हजार ७ सय कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका थिए भने सात हजार ८०९ जना संस्थागत आइसोलेसनमा रहेका थिए । त्यस्तै १६ सय १४ जना आइसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेका थिए ।

जसमध्ये प्रदेश १ मा १३ हजार १८६ जना होम आइसोलेसनमा, ९५१ जना संस्थागत आइसोलेसनमा, २३३ जना आइसीयूमा र ५८ जना भेन्टिलेटरमा रहेका थिए ।

प्रदेश २ मा सात हजार ६३४ जना होम आइसोलेसनमा, ६७४ जना संस्थागत आइसोलेसनमा, १५७ जना आइसीयूमा र ४० जना भेन्टिलेटरमा रहेका थिए ।

बागमती प्रदेशमा ४० हजार ७१ जना होम आइसोलेसनमा, २८ सय ३८ जना संस्थागत आइसोलेसनान, ७७५ जना आइसीयूमा र २९३ जना भेन्टिलेटरमा रहेका थिए ।

गण्डकी प्रदेश १० हजार ६०३ जना होम आइसोलेसनमा, ६९० जना संस्थागत आइसोलेसनमा, १७४ जना आइसीयूमा र ३६ जना भेन्टिलेटरमा रहेका थिए ।

लुम्बिनी प्रदेशमा १९ हजार ४५३ जनाा होम आइसोलेसनमा, ११ सय ४१ जना संस्थागत आइसोलेसनमा, १७४ जना आइसीयूमा र १९ जना भेन्टिलेटरमा रहेका थिए ।

कर्णाली प्रदेशमा चार हजार ७४४ जना होम आइसोलेसनमा, ४२० जना संस्थागत आइसोलेसनमा, ५० जना आइसीयूमा र २ जना भेन्टिलेटरमा रहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा ८ हजार ९ जना होम आइसोलेसनमा, १० हजार ९५ जना संस्थागत आइसोलेसनमा, ५१ जना आइसीयू र ९ जना भेन्टिलेटरान रहेका थिए ।

त्यस्तै जेठ १४ गते एक लाख पाँच हजार ४४४ जना होम आइसोलेसनमा, सात हजा ९५० जना संस्थागत आइसोलेसनमा, १६ सय २७ जना आइसीयूमा र ४५० जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

जसमध्ये प्रदेश १ मा १३ हजार ४९४ जना होम आइसोलेसनमा, ९३६ जना संस्थागत आइसोले्सनमा, २१० जना आइसीयूमा र ५३ जना भेन्टिलेटरमा रहेका थिए ।

प्रदेश २ मा सात हजाु ६९६ जना होम आइसोलेसनमा, ६८३ जना संस्थागत आइसोेसनमा, १७७ जना आइसीयूमा र ३६ जना भेन्टिलेटरमा रहेका थिए ।

बागमती प्रदेशमा ४० हजार ९८७ जना होम आइसोलेसनमा, २८ सय ६८ जना संस्थागत आइसोलेसनमा, ७७५ जना आइसीयूमा र २८९ जना भेन्टिलेटरमा रहेका थिए ।

गण्डकी प्रदेशमा दश हजार ६३४ जना होम आइसोलेसनमा, ६९३ जना संस्थागत आइसोलेसनमा, १७३ जना आइसीयूमा र ३६ जना भेन्टिलेटरमा थिए ।

लुम्बिनी प्रदेशमा १९ हजार ७३० जना होम आइसोलेसनमा, ११ सय ९३ संस्थागत आइसोलेसनमा, १९० आइसीयूमा र १९ जना भेन्टिलेटरमा थिए ।

कर्णाली प्रदेशमा पाँच हजार ८ जना होम आइसोलेसनमा, ३८० जना संस्थागत आइसोलेसनमा, ५१ जना आइसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा सात हजार ८९५ जना होम आइसोलेसनमा, ११ सय ९७ संस्थागत आइसोलेसनमा, ४८ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा तथ्याङ्कमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid GraphCovid-19digital khabarLockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment