फ्रान्सको सहज जित

२० जेठ, एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले १० खेलाडीमा सिमित वेल्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक एक गोल गरे ।

खेलको २६ औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

२७ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न सकेनन् । ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाको पेनाल्टी प्रहार वेल्सका गोलकिपर डेनी वार्डले बचाए ।

तर, खेलको ३५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए ।

४८ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दा फ्रान्स २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३-० को सहज जित दिलाए ।

युरोकप फुटबलको तयारीका लागि फ्रान्स र वेल्सले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment