अदालती अनलाइन सुनुवाई ‘लाल–लाल होंठों पे’ गीत बजेपछि…

२० जेठ, एजेन्सी । बलिउड अभिनेत्री जुही चावलाले फाइभी प्रविधिविरुद्ध अदालतमा दिएको उजुरीमा दिल्ली उच्च अदालतमा बुधबार अनलाइन सुनुवाई भएको छ ।

अदालतका न्यायधिश जेआर मीढाको बेञ्चले उजुरीकर्ताको कुरा सुनिरहँदा त्यहाँ एकपछि अर्को गर्दै फिल्मका गीत बज्न थाले ।

जुहीले सुनुवाईको भिडियो लिंक सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । त्यही लिंकमा कैयौं मानिस जोडिएका थिए । सुनुवाईका बीचमा एक व्यक्ति पटक पटक गीत गाउदै हराउने गर्दथे । उनले पहिलो गीत सन् १९९३ को फिल्म ‘हम हैं राही प्यार’को गीत ‘घूंघट की आड से’ गाए ।

त्यसको केही बेरपछि जुहीको सन् १९९५ को फिल्म ‘नाजायज’ को गीत ‘लाल–लाल होंठों पे’ गीत गाए । तेस्रो पटक भने ती व्यक्तिले जूहीकै सन् १९९३ मा रिलिज फिल्म ‘आईना’को ‘मेरी बन्नो की आएगी बारात’ गाए ।

गीतका कारण केही बेर रोकिएको सुनुवाई उक्त व्यक्तिलाई पेजबाट हटाएपछि पुनः सुरु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment