यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’

सन्दर्भः राजदरबार हत्याकाण्ड १९ जेठ २०५८

१९ जेठ, काठमाडौँ । ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर थियो– राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रबाटै राजारानीसहित आफू र अन्य सात जनाको हत्या भयो । र, घटनाको सम्भावित कारण बन्यो– ‘देवयानीसँगको विवाहमा दरबारको अस्वीकारोक्ति ।’

नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रवार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचार कार्यमा संलग्न चिकित्सकहरू लगायत व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो । 

यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छ ।

राजदरबार हत्याकाण्डमा हत्या भएका तत्कालीन राजा वीरेन्द्र, रानी एश्वर्य, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजन ।

 १. नारायणहिटी राजदरबारमा हरेक महीनाको तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रवार पनि जमघटको आयोजना भएको पाइयो ।

 नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह (यसपछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यसपछि श्री ५ मुमा बडामहारानी भनिएको) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह (यसपछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाहका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राति ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मीदेवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी तीन जना बाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ । 

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राति ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा समेतको भनाइबाट पुष्टि भएको छ । 

युवराज दीपेन्द्र पाकिस्तान भ्रमणकाे बेलामा हतियार निरीक्षण गर्दै । तस्वीर: गेट्टी इमेज

त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ । राति ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमा बडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफैंले चलाई जमघट स्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो । 

श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो । राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भइसकेपछि अन्त्यमा राति करीब ८:३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सीधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।

३. श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्सेको र त्यसक्रममा एक/दुई पेग निट (पानी नराखी) Famous Grouse न्चयगकभ ह्विस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडीसी गजेन्द्र बोहरा र शाही नातेदार महेश्वर सिंह तथा रविशमशेर ज.ब.रा. समेतको भनाइबाट  देखियो । 

श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करीब १०–१२ मिनेट जति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार नीराजन, श्री ५ शाहजादा पारस, कुमार गोरख र डा. राजीव समेत चार जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएको प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ । 

नारायणहिटी राजदरबारमा हरेक महीनाको तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रवार पनि जमघटको आयोजना भएको पाइयो ।

४. श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भएबमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहजादा पारसमार्फत जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो । 

गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करीब एक वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए । 

श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समितिसमक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ । 

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राति ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्याँस उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेन्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोस्रो पटक देवयानी राणाले राति ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकन्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो ।  

पुनः राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोबाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ । काठमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरू गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजाधिराजकी मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ । 

राजपरिवारकाे शवयात्रा ।

श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समितिसमक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेपरिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ । 

६. देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहेको र राति ८:२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लर्बराइरहेको जस्तो लागेकोले सरकारसँग अरू कुरा हुन नसकेको कारणले “श्री ५ युवराजाधिराजको स्वर अलि लर्बराइराखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ” भनी उल्लेख गरेको पाइयो ।

७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजिबक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालिसकेपछि श्री ५ युवराजाधिराज वाथरुम सवारी होइबक्सेको, वाथरुमभित्र वाक् वाक् गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र वाथरुमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवै जनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ ।  

८. राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूरसञ्चारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागें’, ‘गुड नाइट भोलि कुरा गरौंला’ भनिबक्सेको भन्ने निजको कथन रहेको छ । 

९. देवयानी राणासँग फोनसम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्व्याट पोशाक पहिरी हातहतियार समेत लिई खोपी बाहिर निस्किबक्सिंदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुनेरहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी व्याग टक्र्याउँ सरकार ?’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ । 

१०. श्री ५ युवराजाधिराज कम्व्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरी बक्सी विलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको विलियार्ड कोठासँगै जोडिएको डाइनिङ्ग कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ । 

श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समितिसमक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेपरिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ । 

११. श्री ५ युवराजाधिराज सैनिक कम्व्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङको बन्दूक (9 mm. Caliber MP-5K Automatic Sub-machine Gun) द्वारा कोठको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल विलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरूहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैंचाको छेउकै उत्तरतर्फ झ्याङ नजिक १२ वोरको बन्दूक (SPAS 12 – L FRENCH SPA)  फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोप सहितको राइफल (5.56 mm Caliber Colt M-16 A2)  सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शमशेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहजादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी पररर फायरिङ गरी श्री ५ युवराजाधिराज विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैंचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहजादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शमशेर, डा. राजीव शाही, महेश्वरकुमार सिंह समेतको भनाइ रहेको छ । 

१२. विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फायरिङ गरेपश्चात् पछाडि सर्दै सर्दै पूर्वतर्फको भित्री बगैंचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट व्वाइज शान्तबहादुर खड्का समेतले देखेको भनी निजले बताएको पाइयो । 

विलियार्ड कोठाबाट पूर्व भित्री बगैंचामा जाने बाटो हुँदै सो बगैंचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ बडामहारानीको पछाडि पछाडि श्री ५ अधिराजकुमार नीराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टर समेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार नीराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी विष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुर्‍याएको भन्ने पाइयो ।

१३. विलियार्ड कोठामा भएको फायरिङपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिनेपट्टिको एडीसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फायरिङको आवाज र ‘डाक्टर चाँडो बोलाऊ…’ भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैं बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप राना समेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ । 

१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्‍याङको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्‍याङको माथिल्लो भागमा रहेको ल्याण्डिङ एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ ।

‘यसरी भुटुटुटु पारेका थिए युवराज दीपेन्द्रले‍…’ नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर बताउँदै समितिका सदस्य तारानाथ रानाभाट । तस्वीर: गेट्टी इमेज

१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँ श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैंचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार घ्वार आवाज निकालिरहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ । 

श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm. Caliber Glock Ges पिस्तोल र खोका समेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ । 5.56 Caliber M-16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ । 

१६. उपर्युक्त बमोजिमको विलियार्ड कोठा र सो कोठाको पूर्वी बगैंचा एवं खोपीमा जाने भर्‍याङमा भएको घटनापश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्‍याएकोमा अस्पताल पुर्‍याउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छः 

क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
ग) श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित ।
ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मीदेवी सिंह राति ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह राति ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
छ) श्री ५ शाहजादी जयन्ती राज्यलक्ष्मी शाह राति ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
ज) श्री कुमार खड्गविक्रम शाह राति ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित ।
झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८/२/१९ राति ९:२४ बजे वीरेन्द्र सैनिक पुर्‍याएको र २०५८/२/२२ गते सोही अस्पतालमा बिहान ३:४५ बजे मृत घोषित ।
ञ) श्री धीरेन्द्र शाह २०५८/२/१९ राति ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र २०५८/२/२२ गते बेलुकी ५:५७ बजे सोही अस्पतालमा मृत घोषित ।

१७. माथि उल्लेख गरिएका १० (दश) जना बाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीं कतैबाट खुल्न आएको देखिएन । 

१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शमशेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर वा चोट लागेको तथ्य अस्पतालबाट प्राप्त वा चोट विवरणबाट देखिन्छ ।

राजदरबार हत्याकाण्डपछि असन्तुष्ट जनता सडकमा उत्रेका थिए ।

१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्कालपछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८/२/२८ को पत्र अनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्व्याट) ज्याकेट, पाइन्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ । 

सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेल्ट समेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेंलो पहेंलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा ‘B’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ । मृतकहरूमध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘B’ रहेको पाइन्छ । 

२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा पञ्जा लगाएको अवस्थामा पुर्‍याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एकजोर पञ्जा बाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुनसकेको देखिंदैन ।

२१. क) 5.56 Caliber Colt M-16 A2 हतियार नं. A0073943 (Commando) Automatic Rifle बाट प्रहार भएका ४७ वटा ऋबचतचष्मनभ ऋबकभक फेला परेको पाइयो । उक्त राइफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुनसक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm. Caliber MP-5 K Automatic Sub-machine Gun  बाट प्रहार भएको र उक्त बन्दूकको क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुनसक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

ग) घटनास्थलमा फेला परेको दुई वटा Cartridge Cases 9mm. Caliber MP-5 K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ । उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो । 

घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको  A0073943 नं. को  M-16 बन्दूक शाही रक्षक सैनिक प्रहरी राजदरबारको २०५६/५/३१ को माग बमोजिम निकासी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको । 

सो हतियार श्री ५ युवराजाधिराज समेत ट्रेकिङमा सवारी भइबक्सेको वेला साथमा लिई सवारी भएको । श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको वेलामा राजदरबार कोतबाट सीधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो । 

छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राति ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्याँस उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेन्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोस्रो पटक देवयानी राणाले राति ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकन्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो ।

ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दूक एक समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भएबमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकासा भएको देखिन्छ । श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराका अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराजकै साथमा (जिम्मामा) रहेको थियो ।

च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोल समेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार नीराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ 

छ) विलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा Fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन ।
 
२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडीसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको गेट बाहेक सो घटना भएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन । घटनास्थलको नक्शा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ ।
 
२३. २०५८ जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दूकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ । 

घटनाबाट पीडित घाइतेहरूको घा चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयं घाइतेहरूको सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घा चोटको कारण बन्दूकको गोली लागी परेको भन्ने देखियो । 

–नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटनासम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।

हिमालखबर बाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment