बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

१८ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने विषय, जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा पनि छलफल हुनेछ। प्रधानमन्‍त्री ओलीले तोकिएकै मितिमा चुनाव सम्पन्‍न गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसमा कसैलाई शंका भए सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।

राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा समेत एजेन्डाका रुपमा राख्‍न लागिएको हो। जसपाको महन्थ र महतो पक्ष एक दुई दिनभित्रै सरकारमा सहभागी हुने तयारी गरेका छन्।लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि बैठकमा समीक्षा गरिने भएको छ। लुम्बिनी प्रदेशमा सरकारी पक्षका उम्मेदवारले हारेका थिए।

त्यसैगरी बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई के कारबाही गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ। स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।



मल्टिमिडिया ग्यालरी

BaluwatarbusinessCoronavirusCovid-19Digital Khaba3:09 PM 6/1/20213:09 PM 6/1/2021rLockdownMeetingnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment