सलमान खानको फिल्म ‘राधे’ युट्युबमा

१७ जेष्ठ, एजेन्सी । सलमान खानले फिल्म ‘राधे रिलिज गरे लगत्तै चोरी हुनबाट जोगाउन पुरै कोशिस गरेका थिए । तर हाल उनको फिल्म राधे युट्युमा आएको समाचार बाहिर आएको छ ।

भर्खरैमात्र एक युट्युब च्यानलले राधे फिल्मलाई अपलोड गरेको थियो । फिल्मलाई दर्शकहरुले हेर्न थालिसकेका छन् । युट्युबमा रिजिल भएको केही मिनेटमा नै फिल्मलाई ३२ हजार भन्दा बढी भ्युज मिलेको छ । तर, फिल्म रिलिज गरेको केही मिनेटमा नै युट्युबाट हटाइएको छ । राधे रिलिज गरेदेखि नै सलमान खानले पायरेसी नगर्न अपिल गरिरहेका थिए । यद्यपि मानिसहरुले उनको आग्रहलाई ध्यान दिएनन् र चोरीतीर लागे । अब उनले युट्युबमा फिल्म रिलिज गर्नेलाई कस्तो कारवाही गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।

दिल्लीको उच्च अदालतले सलमानको फिल्म राधेको चोरीको मुद्दामा कडा अडान लिएको छ । अदालतले फिल्मलाई सामाजिक सञ्जालमा अवैध रुपमा प्रसारण गर्न समेत प्रतिबन्ध लगाएको छ । यसको साथै गैरकानुनी रुपमा सामाजिक सञ्जालमार्फत चलचित्र प्रसारण गर्नेलाई पक्राउ गर्न सकिने प्रावधान रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMoviesnepalNewsQuarantineRadhaySalman Khan
Comments (0)
Add Comment