अक्षय कुमार बन्न चाहिन्छन् आलिया भट्ट

१५ जेठ, एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूलो फिल्ममा अभिनय गरिरहेकी छन् ।

हालका दिनमा आलिया फिल्मबाहेक रणवीर कपूरसँगको अफेयरका कारण पनि चर्चामा छिन् । आलियाले आफ्नो करियरमा कैयौं ठूला स्टारसँग अभिनय गरिसकिन् । तर सायद कमैलाई मात्र थाहा होला कि आलिया अभिनेता अक्षय कुमारको ठूलो फ्यान हुन् ।

अक्षय र आलियाले एकसाथ हालसम्म कुनै फिल्ममा अभिनय गरेका छैनन् । तर आलिया अक्षयको जीवनबाट निकै प्रभावित छिन् । केही वर्ष अघि उनलाई एक अन्तरवार्तामा ‘बिहान उठ्दा तपाईं कोही पुरुष अभिनेता बन्नुभयो भने को बन्न चाहनुहुन्छ’ भनी सोधिएको थियो ।

जसको जवाफ उनले अक्षय कुमार भनेर दिएकी थिइन् । आलियाले अक्षय चाँडै उठ्ने र चाँडै सुत्ने बानी भएको अभिनेता भएकाले उनको जीवन आफूलाई सानदार लाग्ने बताएकी थिइन् ।

कामको कुरा गर्दा आलिया फिल्म ‘आरआरआर’मा अजय देवगनका साथ देखिँदैछिन् । यसबाहेक हुने सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ मा पनि देखिँदैछिन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Aila BhattAkshya KumarBollywood ActressMovies
Comments (0)
Add Comment