कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।

शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएका हुन्। पौडेलका अनुसार खोप खरिका लागि मात्र २६ अर्ब ७५ करोड रकम विनियोजन भएको छ।

कोरोना महामारी रोकथाम तथा उपचारका बजेट विनियोजन भएको छ।

सरकारले नागरिकको उपचारका लागि बजेट अभाव हुन नदिने भएको छ। सबै सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। सरकारले सबै अस्पतालमा अक्सिजन प्लानका लागि बजेट विभियोजन गरेको छ।

कोरोना संक्रमितका लागि घुम्ती सेवा निःशुल्क सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ। उपत्यकामा तीन सय शैय्याको सरुवा अस्पताल निर्माणका लागि एक अर्ब ३० करोड रकम विनियोजन भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Bishnu PoudelBudgetBudget 2078businessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnology
Comments (0)
Add Comment