युभेन्ट्सको मुख्य प्रशिक्षकमा मासिमिलानो एलेग्री

१५ जेठ, काठमाडौँ । मासिमिलानो एलेग्री इटालियन क्लब युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका छन् ।

आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको जनाएको छ । इटालियन प्रशिक्षक एलेग्री दोस्रो पटक युभेन्ट्सको प्रशिक्षक बनेका हुन् ।

५३ वर्षीय प्रशिक्षक एलेग्रीले यस अघि २०१४ देखि १९ सम्म टिम हेरेका थिए । युभेन्ट्सले ४२ वर्षीय पिर्लोलाई शुक्रबार नै बर्खास्त गरेको थियो ।

मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो । तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoachCoronavirusCovid-19digital khabarfootballhealthHealth MinistryLIVELockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment