सर्वोच्च अदालत जाने तयारीमा रहेका विपक्षी गठबन्धनका सांसदहरु हस्ताक्षर संकलनमा

०९ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका विपक्षी गठबन्धनका सांसदहरु हस्ताक्षर संकलनमा व्यस्त रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार गठन नगरी संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै प्रतिरोधमा उत्रिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक हलमा हस्ताक्षर संकलन साथै अन्य कानूनी प्रक्रिया भइरहेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘हामीहरु तयारीमै छौँ । कागजात तयार गर्ने र हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ ।’ उनले भनिन् ।

त्यस्तै सबै प्रक्रियाहरु पूरा भएमा आजै सर्वोच्च अदालत जाने तयारी रहेको समेत उनले जानकारी दिइन् । ‘संम्भवत आज नै सर्वोच्च जानेछौँ ।’ उनले भनिन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment