एनएमबि बैंकको आजदेखि १५ वर्षे अवधिको ऋणपत्र विक्री खुला

०९ जेठ, काठमाडौं । एनएमबि बैंकले आजदेखि १५ वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२÷९३’ नामको रू. १ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

प्रति ऋणपत्र रू. १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणमा विक्री गर्ने कुल कित्तामध्य पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । अब बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनमा आएको ऋणपत्रमा मात्र आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेगा शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

बैंकलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

businessdebenturedigital khabarnmb bank
Comments (0)
Add Comment