नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको निधन

०९ जेठ, काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा काठमाडौंको कपन स्थित आफ्नै निवासमा आज निधन भएको छ ।

स्वर्गीय आचार्य क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । जनकपुरबाट प्रकाशित हुने जनआकांक्षा साप्ताहिक र आकांक्षा दैनिकका उहाँ सम्पादक हुनुहुन्थ्यो । वि.सं. २०३६ सालमा जनमत संग्रहका बेला जनआकांक्षा साप्ताहिकले नेपाली कांग्रेसको पक्षमा आफ्ना लेख र रचनाहरु प्रकाशित गर्नुका साथै बहुदलको पक्षमा उल्लेखनीय कार्य गरेको थियो ।

स्वर्गीय आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

लोकतन्त्रका पक्षमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, आत्माको चिर शान्तिको कामना साथ उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment