युरोकप फुटबल जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदै, कुन समूहमा कुन टोली सूची सहित

०८ जेठ, काठमाडौं । विश्वकप पछिको दोस्रो ठूलो प्रतियोगिता हो युरोकप फुटवल । गत वर्ष सम्पन्न हुनु पर्ने यो प्रतियोगिता कोरोना महामारिको कारण स्थगन भएको थियो । भने अव खेल २०२१को जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।

प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ ।

यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । सहभागी टोलीले राष्ट्रिय टिमको घोषणा गर्न थालिसकेका छन् ।

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment