सुन तोलामा ६ सय रुपैयाँले बृद्धी

०४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बृद्धी भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment