शरीरमा अक्सिजनको कमी हुँदा किन घोप्टो परेर सत्नुपर्छ ?

०३ जेठ, काठमाडौं । कृत्रिम प्रक्रियाबाट अक्सिजन लिनुपर्ने अवस्थामा पुगेका कोरोना संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको प्रयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । अक्सिजन लिँदा विशेष ध्यान नपुर्याए अपेक्षित कार्य नहुने भन्दै मन्त्रालयले यसमा ध्यान दिन आग्रह गरेको हो ।

मन्त्रालयले सकेसम्म घोप्टो परेर सुत्न आग्रह गर्दै यसो गरे शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग पुग्ने बताएको छ ।

मन्त्रालयले बुँदागत रुपमा कसरी अक्सिजनको प्रयोग गर्ने उल्लेख गरेको छ :

– फ्लोमिटरमा अक्सिजन तल लेखिएको नेजल प्रङ्गमा ३ लिटर प्रति मिनेट, फेस मास्कमा ५ लिटर प्रति मिनेट र नन् ब्रिदिङ्ग मास्कमा १४ लिटर प्रति मिनेटभन्दा बढी नराखौं ।

– कोभिड–१९ बिरामीलाई ९० प्रतिशत अक्सिजन स्याचुरेसन भए पुग्छ ।

– एक–एक घण्टामा स्याचुरेसन हेरौं । स्याचुरेसन ९० प्रतिशतभन्दा कम छ भने १ लिटर प्रति मिनेटले फ्लो बढाऔं । र ९० प्रतिशत बढी छ भने १ लिटर प्रति मिनेटले फ्लो घटाऔं ।

– सधैं आफ्नो नेजल प्रङ्ग फेस मास्क, नन ब्रिदिङ्ग मास्क बाहिर सर्जिकल मास्कको प्रयोग गरौं ।

– खाना खाँदा र शौचालय जाँदा फ्लोमिटर पूर्णरुपले बन्द गरौं ।

–सकेसम्म घोप्टो परेर सुतौं, यसले शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ ।

पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि ठूलो परिमाणमा अक्सिजनको प्रयोग हुँदै आएको छ । अक्सिजनको माग उच्च हुँदा यसको अभावमा सयौंले ज्यान गुमाइसकेका छन् । अक्सिजन तथा अक्सिजन सिलिण्डरको आवश्यकता र माग अनुसार सरकारले अस्पताल तथा संक्रमितलाई उपलब्ध गराउन सकेको छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment